शेखर कोइराला पार्टी विभाजन रोक्न सक्रिय : सुनिल शर्मा


काठमाडौं ।

नेपाली कांग्रेसका नेता सुनिल शर्माले इतर पक्षका नेता डा. शेखर कोइराला पार्टी विभाजन हुन नदिन सक्रिय रूपमा लागिपरेको बताएका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा शर्माले कोइरालाको मुख्य चिन्ता पार्टी जोगाउने नै रहेको स्पष्ट पारे।

उनले आफू हिजो राति १२ बजेसम्म कोइरालासँग छलफलमा रहेको जानकारी दिँदै पार्टी एकताका पक्षमा सबै जिम्मेवार नेता रहेको बताए। पार्टीका केही व्यक्तिहरू विभाजनको सोचमा रहे पनि त्यो समूह सानो रहेको शर्माको भनाइ थियो।

नेता शर्माका अनुसार डा. कोइरालाले विशेष महाधिवेशनलाई नीति महाधिवेशनमा रूपान्तरण गर्ने विषयमा सभापति र कार्यवाहक सभापतिसँग समेत छलफल गरिरहेका छन्।