काठमाडौँ ।
क्यासिनोमा आउने ग्राहकले रु दुई लाखभन्दा बढी रकम खर्च गरेमा उनीहरूको विवरण संकलन गरी राख्नुपर्ने व्यवस्था गरिएको छ। पर्यटन विभागले क्यासिनो व्यवसायीलाई जारी गरेको निर्देशन, २०८२ लाई संशोधन गर्दै यो प्रावधान लागू गरेको हो।
क्यासिनो कारोबारलाई पारदर्शी र कानुनसम्मत् बनाउन तथा सम्पत्ति शुद्धीकरण र आतंककारी क्रियाकलापमा हुने वित्तीय लगानी नियन्त्रण गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ। उक्त निर्देशन तत्काल लागू हुने पनि विभागले स्पष्ट पारेको छ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ तथा पर्यटन ऐन, २०३५ (संशोधनसहित) ले दिएको अधिकार प्रयोग गरी क्यासिनो व्यवसायीलाई निर्देशन जारी गरिएको विभागको भनाइ छ।











प्रतिक्रिया