उदयपुर ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको गस्तीमा रहेको प्रहरी टोलीले शुक्रबार दिउसो साढे तीन बजे एक जनालाई प्रतिबन्धित लागु औषध सहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका वडा नम्बर १० बोक्सेचोक नजिकबाट ४५० एम्पुल प्रतिबन्धित लागू औषध सहित १ जनालाई पक्राउ गरेको छ ।
लागू औषधको कारोबार भइरहेको विशेष सूचनाको आधारमा त्रियुगा नगरपालिका वडा नं.९ रातमाटे बस्ने रेम्बो भनेर चिनिने अन्दाजी वर्ष ३२ को जहान सिंह खत्रीको साथबाट डाइजेपाम १५० एम्पुल, फेनारगन १५० एम्पुल र ब्रुपिनोर्फिन १५० एम्पुल गरि जम्मा ४५० एम्पुल लागू औषध र नगद रु ३८हजार ६० ।
१ थान मोबाइल, सुनको जस्तो देखिने चन्द्रमा १ थान र १ थान औठी फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
निजलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया