काठमाडौं ।
नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरहरूले आज आयोजना गर्ने भनिएको पदयात्रा स्थगित गरेका छन्। विशेष महाधिवेशनको प्रचारप्रसारका लागि दिउँसो १ बजे भृकुटीमण्डपबाट पदयात्रा गर्ने तयारी थियो।
कांग्रेस नेता एवं पूर्वमन्त्री वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनप्रति शोक व्यक्त गर्दै पदयात्रा स्थगित गरिएको हो। विशेष महाधिवेशन पक्षधरहरूले आयोजना गरेको पत्रकारसँगको अन्तरक्रियामा दिवंगत दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकको समयमा कुनै कार्यक्रम नगर्ने निर्णय गरिएको जानकारी गराएका छन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले २७ र २८ गते विशेष महाधिवेशन बोलाएका छन्।











प्रतिक्रिया