नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बोलायो


काठमाडौँ ।

नेपाली कांग्रेसले आज बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ।

यस बैठकको महत्व संस्थापन इतर समूहको विशेष महाधिवेशनको तयारीसँग जोडिएको छ। पार्टीको आगामी योजना र आन्तरिक निर्णयका बारेमा छलफल गर्नका लागि बैठक बोलाइएको मानिएको छ।

पार्टीको राजनीतिक भविष्य र संगठन सुदृढीकरणको लागि यो बैठक महत्त्वपूर्ण मानिएको छ।