माघ ३ देखि निर्वाचन आचारसंहिता लागू हुने


काठमाडौँ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ । आयोगले फागुन २१ गते तय भएको निर्वाचनको हालसम्मको प्रगतिबारे प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन सामग्रीको छपाइ, जनशक्ति व्यवस्थापनलगायत तयारीबारे शुक्रबार प्रधानमन्त्रीलाई अवगत गराएका हुन् । आचारसंहितामा सरकारी तथा गैरसरकारी निकाय, राजनीतिक दल र सरोकारवालाले निर्वाचन अवधिमा गर्न पाउने र नपाउने गतिविधिबारे स्पष्ट व्यवस्था गरिएको छ ।

निर्वाचनलाई स्वच्छ बनाउन आचारसंहिताको कडाइका साथ पालना गराउन सरकार र सरोकारवाला निकायको महत्वपूर्ण भूमिका रहने आयोगले जनाएको छ ।