देशभर आंशिक बदली, तराईमा हुस्सु–कुहिरोको प्रभाव


काठमाडौँ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायु तथा बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो देखिएको छ, जसले बिहानको समयमा जनजीवन, स्वास्थ्य, पर्यटन तथा हवाई र सडक यातायातमा आंशिक प्रभाव पार्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।