प्रधानमन्त्री कार्कीद्वारा निर्वाचन आयोग र सुरक्षा प्रमुखहरूसँग छलफल


काठमाडौँ।

प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको तयारी र सुरक्षा व्यवस्थालगायतका विषयमा निर्वाचन आयोगका प्रमुखसहित सुरक्षा निकायका उच्च अधिकारीहरूसँग छलफल गरेकी छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुको उपस्थिति रहेको थियो । छलफलमा आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउने विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

२०८२ भदौमा जेन–जी आन्दोलनपछि अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री कार्कीले निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षा निकायहरूलाई आवश्यक निर्देशन दिएकि छन् । उनले निर्वाचन आयोगलाई निर्वाचन तयारी तिब्र पार्न आग्रह गर्दै सबै पक्षलाई निर्वाचन प्रक्रियामा सहभागी हुन अपिल पनि गरेकी छन् ।