काठमाडौं ।
बलिउड सुपरस्टार सञ्जय दत्त काठमाडौं आइपुगेका छन् । उनी एक पाँचतारे होटलमा सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन कार्यक्रममा सहभागी हुन नेपाल आएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्दा सञ्जय दत्तलाई होटल व्यवस्थापन पक्ष तथा आयोजकले स्वागत गरेका थिए । उनको आगमनसँगै विमानस्थल र होटल परिसरमा प्रशंसक तथा सञ्चारकर्मीको उल्लेख्य उपस्थिति देखिएको थियो ।
सञ्जय दत्तले काठमाडौं बसाइँका क्रममा क्यासिनो उद्घाटनसँगै केही सीमित सार्वजनिक कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम रहेको बताइएको छ । नेपाल भ्रमणका क्रममा उनी विशेष सुरक्षा व्यवस्थाबीच होटलमै बस्नेछन् ।
बलिउडका चर्चित अभिनेता दत्त यसअघि पनि विभिन्न अवसरमा नेपाल आइसकेका छन् । उनको पछिल्लो नेपाल आगमनले मनोरञ्जन तथा पर्यटन क्षेत्रलाई थप चर्चा र आकर्षण दिलाउने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया