ललितपुर ।
ललितपुर जिल्लाले तीनवटै निर्वाचन क्षेत्रको नाम सिफारिस गरेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा तीन वटै क्षेत्रबाट नाम सिफारिस गरेको हो । जिल्ला कमिटिको बैठकले सिफारिस गरेको नाममध्ये एकजना उम्मेदवार सिफारिस हुनेछ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार माघ ९ गते उम्मेदवारको मनोनयन दर्ता छ । जिल्ल्ला पार्टी कार्यालयले उम्मेदवार हुन चाहना राखेका सबैको नाम सिफारिस गरेको हो । जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यले उम्मेदवारको टुंगो पार्टी कार्यालयले लगाउने जानकारी दिए । सबैको नाम प्रदेश कार्यालयमा पुगेको छ । प्रदेशले पनि सिफारिस गरी केन्द्रमा पु¥याउनेछ । जिल्लामा कुनैपनि निर्वाचन क्षेत्रमा एकल नाम सिफारिस भएको छैन ।
जिल्ला पार्टी कार्यालयले उपलब्ध गराएको लिस्ट अनुसार क्षेत्र नं १ मा जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, नवराज सिलवाल, चेतनाथ सञ्जेल, महिला तर्फबाट कल्पना रामदाम, रुपनारायण श्रेष्ठ, प्रभाकर थापा, चित्रराज तिमल्सिना , प्रदेश सांसद मधुसुदन पौडेल र कृष्णमान लामा छन् ।
क्षेत्र नम्बर २को लागि जिल्ला इन्चार्ज हरिकृष्ण ब्यञ्जनकार, प्रेमबहादुर महर्जन, महिला तर्फबाट गोमा महत, सहकुल खत्री, सुजिन महर्जन र किशोरकुमार केसी रहेका छन् । क्षेत्र नं–३ बाट बाबुराम थापा, पुरुषोत्तम ढुंगाना, डा टीका ढकाल, सरस्वती खड्का, ज्ञानभक्त महर्जन, सन्दन थापामगर र राम महर्जन छन् । जिल्लाले क्षेत्रनं–१ बाट ९ , २ बाट ६ र ३ बाट ७ गरी २२ जनाको नाम सिफारिस गरेको छ ।











प्रतिक्रिया