मन्त्री घिसिङले दिए राजीनामा


काठमाडौँ।

उर्जा, जलस्रोत, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन्। आज साँझ बालुवाटार पुगेर मन्त्री घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

रास्वपाको उपसभापति बन्ने चर्चापछि बढेको आलोचनाबीच उनले यो निर्णय लिएका हुन्।