काठमाडौँ।
पिकनिकबाट फर्किंदै गरेको एक बस बुधबार साँझ काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित फेदी जंगलमा दुर्घटनामा परेको छ।
जर्सिङपौवाबाट साँखुतर्फ पिकनिक गएर फर्किरहेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खसेको हो।
घटनापछि बसमा सवार सबैलाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए। बस अहिले पनि घटनास्थलमै रहेको छ।
बसमा करिब ४० जना सवार रहेको अनुमान गरिएको छ। हालसम्म मानवीय क्षतिको यकिन विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।











प्रतिक्रिया