काठमाडौँ।
कोशी प्रदेशबाट नेपाली कांग्रेसका राष्ट्रिय सभा उम्मेदवार सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।
अन्य समूहमा कसैको पनि उम्मेदवारी नपरेपछि थापा निर्विरोध निर्वाचित भएका हुन्। उनले उम्मेदवारी दिएको क्लस्टरमा अरू कसैको उम्मेदवारी नपरेको निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थ अधिकारीले एकल उम्मेदवारी परेकाले थापा निर्विरोध निर्वाचित भएको जानकारी दिए। हाल औपचारिक रूपमा निर्वाचित घोषणा नभए पनि एकल उम्मेदवारीका कारण निर्विरोध भएको उनले बताए।
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच तालमेल भएको छ। सम्झौताअनुसार कांग्रेसले ९ सिट र एमालेले ८ सिट लिएका छन् ।
एक सिटमा भने दुवै दलले महन्थ ठाकुरलाई समर्थन गर्ने बताएका छन् ।











प्रतिक्रिया