कांग्रेसका ५ प्रदेश सभापतिद्वारा विशेष महाधिवेशन असान्दर्भिक भएको घोषणा


काठमाडौँ ।

नेपाली कांग्रेसका पाँच प्रदेश सभापतिले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको भन्दै पार्टीका नेता–कार्यकर्तालाई आगामी निर्वाचनमा केन्द्रित हुन अपिल गरेका छन्।

कोशी सभापति उद्धव थापा, मधेस सभापति कृष्ण यादव, बागमती सभापति इन्द्रबहादुर बानियाँ, कर्णाली सभापति ललितजंग शाही र सुदूरपश्चिम सभापति वीरबहादुर बलायरले संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशन २०८३ वैशाख २८–३१ मा हुने निश्चित भइसकेकाले त्यसअघि विशेष महाधिवेशन आवश्यक नरहेको बताएका हुन्।

उनीहरूले कांग्रेसजनलाई एकताबद्ध भई नियमित महाधिवेशनको तयारी गर्न र २०८२ फाल्गुण २१ गते हुने आम निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन आग्रह गरेका छन्।