भक्तपुर ।
जिल्ला भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६, राईटोल स्थित एक घरमा स्वचालित हतियार प्रयोग गरी आत्महत्या भएको आशंका गरिएको घटना सार्वजनिक भएको छ।
प्रहरीका अनुसार मिति आज दिउँसो १६:१३ बजे उक्त घटना भएको जानकारी प्राप्त भएको हो। प्रारम्भिक अनुसन्धानबाट घरभित्र स्वचालित हतियार प्रयोग गरी आत्महत्या भएको बुझिएको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको र आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाइएको छ। मृतकको पहिचान, घटनाको कारण तथा हतियार कसरी र कुन प्रयोजनका लागि प्रयोग भएको हो भन्ने विषयमा थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र विस्तृत विवरण पछि सार्वजनिक गरिने बताएको छ।











प्रतिक्रिया