भदौ २३–२४ घटनाको छानबिन टुंगियो, केपी शर्मा ओलीमाथिको विदेश भ्रमण रोक हट्यो


काठमाडौं ।

भदौ २३ र २४ गते घटेका घटनासम्बन्धी छानबिन तथा अनुसन्धान प्रक्रिया टुंगिएको छ। सोही क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको विदेश भ्रमण रोक र काठमाडौं उपत्यका नछोड्नुपर्ने व्यवस्था फुकुवा गरिएको छ।

भदौ २३ र २४ का घटनाको छानबिन तथा जाँचबुझका सिलसिलामा अनुसन्धानको दायरामा रहेका तत्कालीन प्रधानमन्त्री ओलीलाई विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बिना काठमाडौं उपत्यका नछोड्न निर्देशन दिइएको थियो। उक्त निर्णय आयोगको मिति २०८२ असार १२ गते बसेको बैठकबाट गरिएको थियो।

आयोगका अनुसार, ती घटनासँग सम्बन्धित रूपमा प्रधानमन्त्रीको हैसियतमा उनले गरेका कामकारबाहीबारे सोधपुछलगायत आवश्यक प्रक्रिया सम्पन्न भइसकेको छ। अनुसन्धानका आवश्यक काम सकिएपछि विदेश भ्रमण रोक तथा उपत्यका नछोड्नुपर्ने निर्णयको औचित्य समाप्त भएको ठहर गर्दै उक्त व्यवस्था फुकुवा गरिएको हो।

आयोगले यसबारे सम्बन्धित निकाय र स्वयं ओलीलाई समेत जानकारी दिइसकेको जनाएको छ। साथै, आयोगका प्रेस विज्ञप्ति र सूचनाहरू गृह मन्त्रालयको वेबसाइटमार्फत समेत हेर्न सकिने बताइएको छ।

आयोगका सदस्य एवं प्रवक्ता विजयराज शर्माले विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।