काठमाडौँ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई अमेरिकी सेनाले ‘कब्जा’ गरेको घटनापछि भारतले औपचारिक प्रतिक्रिया दिएको छ।
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भेनेजुएलामा हालै विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै अवस्थालाई नजिकबाट नियालिरहेको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “भारतले भेनेजुएलाका जनताको सुरक्षा र कल्याणप्रति आफ्नो समर्थन दोहोर्याउँछ। सबै सम्बन्धित पक्षहरूलाई संवाद र शान्तिपूर्ण माध्यमबाट समस्या समाधान गर्न आग्रह गर्दछौं, ताकि क्षेत्रीय शान्ति र स्थिरता कायम रहोस्।”
भारतले काराकासस्थित भारतीय दूतावास भेनेजुएलामा रहेका भारतीय समुदायसँग निरन्तर सम्पर्कमा रहेको र आवश्यक सबै सहयोग उपलब्ध गराइरहेको पनि जनाएको छ।
यसअघि शनिबार भारत सरकारले आफ्ना नागरिकहरूका लागि भेनेजुएला यात्रासम्बन्धी सल्लाह जारी गर्दै गैर–आवश्यक यात्राबाट टाढा रहन आग्रह गरेको थियो।
शनिबार बिहान राजधानी काराकसमा भएका विस्फोटपछि अमेरिकी सेनाले राष्ट्रपति मादुरो र उनकी श्रीमतीलाई नियन्त्रणमा लिएको थियो। उनीहरू हाल अमेरिकामा रहेका बताइएको छ।











प्रतिक्रिया