नेपाल बैंक र नेसनल प्याथ ल्याब रिसर्च सेन्टर प्रालीबिच सम्झौता


काठमाडौँ
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकलाई नेसनल प्याथ ल्याब रिसर्च सेन्टर प्रालिका विभिन्न स्थानमा रहेका प्याथ ल्याब क्लिनिकमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीलाई र बैंकमा खाता रहेका ग्राहकलाई प्याथोलोजि ल्याबको विविध सेवा (स्याम्पल कलेक्सनको लागि शर्तमा रहि निःशुल्क होम डेलिभरीको सुविधासहित) र विभिन्न हेल्थ प्याकेजमा लाग्ने शुल्कमा बिल रकमको १० प्रतिशत देखि ५० प्रतिशत भन्दा बढी छुट हुने व्यवस्था गरिएको छ ।

सम्झौता पत्रमा मिति २०८२ साल पौष १४ गते बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा. लिको तर्फबाट प्रबन्ध निर्देशक पवन जोशीले हस्ताक्षर गर्नुभयो । यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकले नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा. लिका नक्साल, महाराजगंज, ललितपुर, रुपन्देही, भैरहवा, पोखरा, चितवन, तुल्सीपुर, घोराही, धनगढी, गुल्मी, अर्घखाँची र महेन्द्रनगर स्थित रहेका नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा. लि का प्याथ ल्याबहरुले प्रदान गर्ने उच्च स्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्नेछन् ।