हुलास स्टिलद्वारा सिमरा कारखानामा सौर्य ऊर्जा प्लान्ट उद्घाटन


काठमाडौँ
नेपालकै पहिलो हरित स्टिल तथा रूफिङ उत्पादन कम्पनी हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले बारा जिल्लाको सिमरास्थित आफ्नो कारखानामा सौर्य ऊर्जा प्लान्टको उद्घाटन गरेको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपीसी) तथा नेपाल सरकारको प्राविधिक मार्गदर्शन र अनुदान सहयोगमा सम्पन्न उक्त परियोजनाले स्वच्छ ऊर्जाको प्रवद्र्धनमा सार्वजनिक–निजी सहकार्यलाई थप सुदृढ बनाएको छ ।

हुलास स्टिलले वातावरणीय दिगोपनलाई केन्द्रमा राख्दै यसअघि नै आफ्ना निरन्तर जस्तीकरण लाइन तथा रङ्ग लेपन लाइनलाई डिजेलबाट विद्युत प्रणालीमा रूपान्तरण गरिसकेको छ, जसका कारण जीवाश्म इन्धनको प्रयोगमा उल्लेखनीय कमी आउनुका साथै कार्बन उत्सर्जन पनि घटेको छ । सोही पहललाई अझ सशक्त बनाउँदै कम्पनीले सौर्य ऊर्जाको प्रयोग सुरु गरेको हो, जसले नवीकरणीय ऊर्जातर्फ हुलास स्टिलको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ ।

स्थापित सौर्य ऊर्जा प्रणालीबाट स्वच्छ तथा नवीकरणीय ऊर्जा उत्पादन भई कार्बन डाइअक्साइड उत्सर्जनमा मापनयोग्य कमी आउने अपेक्षा गरिएको छ । यसले ऊर्जा दक्षता वृद्धि गर्नुका साथै वातावरणीय सन्तुलन कायम गर्न पनि सहयोग पु¥याउने विश्वास गरिएको छ । साथै, एईपीसीको अनुदान व्यवस्थाले औद्योगिक क्षेत्रमा छतमा सौर्य ऊर्जा प्रणाली जडान गर्न प्रोत्साहन प्रदान गर्दै स्वदेशी तथा दिगो ऊर्जाको प्रयोगलाई बढावा दिएको छ ।

यस पहलले जिम्मेवार उत्पादन, जलवायु कार्य तथा दिगो औद्योगिक विकासप्रतिको हुलास स्टिलको प्रतिबद्धतालाई स्पष्ट रूपमा उजागर गरेको छ । सौर्य ऊर्जा प्रयोगमार्फत कम्पनीले वातावरण, सामाजिक उत्तरदायित्व तथा सुशासनका सिद्धान्तमा आधारित अभ्यासलाई सुदृढ बनाउँदै नेपालको हरित र दिगो भविष्यतर्फ सकारात्मक योगदान पु¥याइरहेको छ ।