काठमाडौं ।
नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब नवौं एनभिए भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको सेमिफाइनल पुगेका छन् ।
पुलिसले मंगलबार भएको खेलमा नेपाल एपीएफ क्लबलाई हराएको हो । तर, यो खेल हारेपनि एपीएफ पनि अन्तिम चारमा पुग्यो् । समुह बी मा रहेको एपीएफले यसअघि दुई खेल जितेको थियो । योसँगैं एपीएफको तीन खेलमा ६ अंक छ भने एक खेल कम खेलेको पुलिसको पनि ६ अंक नै रहेको छ ।
एपीएफ पुरुषतर्फ क्वार्टरफाइनलमा
एपीएफ टोली च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार मणीमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफ अन्तिम आठमा पुगेको हो ।
एपीएफ समूह उप विजेताका रुपमा नकआउट चरणमा पुगेको हो । दुबै खेल जित्दै टिप टप हेल्प नेपाल स्पोर्टस क्लब यसअघि नै अन्तिम आठमा पुगिसकेको थियो ।
यस्तै, खिलजी युवा क्लब पहिलो जित दर्ता गर्दै अन्तिम आठमा प्रवेश गरेको छ । खिलजीले ढोरपाटन स्पोर्टस क्लबलाई ३–० ले हराएको हो । यस समूहबाट पुलिस पहिले नै समूह विजेताको रुपमा नकआउट चरणमा पुगिसकेको थियो ।











प्रतिक्रिया