ग्यास बोकेको बुलेट ट्यांकर पल्टिँदा अबरुद्ध भएको राजमार्ग सुचारु

1.97k
Shares

रौतहट ।

अवरुद्ध भएको पूर्व पश्चिम राजमार्ग २४ घण्टा पछि शुचारु भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व पश्चिम राजमार्गको लमाहा बनक्षेत्रमा मङुलवार पल्टेको वुलेट ट्याकर ग्यास खाली गराएर उठाए पछि राजमार्ग शुचारु भएको हो।

भारतको रक्सौलबाट नोवेल कम्पनीको एलपीजी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी १७ ए टी २११४ नम्बरको बुलेट ट्याकर पल्टदा अवरुद भएको राजमार्ग शुचारू भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका ट्राफिक प्रहरी निरिक्षक राजेन्द्र थापा मगरले बताउनु भयो।

पल्टिएको बुलेट ट्याकर उठाएर सडक खाली गरेपनि दुई घण्टा वारुणयन्त्र वाट पानीले सडक सफा गरे पछि मात्रै सवारी साधन चल्न दिइएको थियो । ट्यांकर पल्टिएपछि ग्यास लिक हुन थालेकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रहरीले राजमार्गको दुबै तर्फ सवारी आवागमन मङ्गलवार विहानै देखी संचालनमा रोक लगाएको थियो ।