नेपाल मेडिकल काउन्सिल निर्वाचन: डा. कुन्जाङ शेर्पा उपाध्यक्ष अग्रस्थानमा


काठमाडौं ।

नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष र सदस्य पदका लागि भएको निर्वाचनको मतगणना जारी छ। हालसम्म १० हजार ८०० मत गणना हुँदा डा. कुन्जाङ शेर्पा उपाध्यक्ष पदको दौडमा अग्रस्थानमा हुनुहुन्छ। काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवका अनुसार डा. कुन्जाङ शेर्पाले ४,६३२ मत प्राप्त गर्नुभएको छ भने उहाँका नजिकका प्रतिष्पर्धी डा. गुरुशरण साहले ४,०२९ मत ल्याउनुभएको छ।

त्यस्तै, डा. अजयसिंह थापाले १,६६७ मत प्राप्त गर्नुभएको छ। उपाध्यक्ष पदका लागि मतगणना यस प्रकार छ: डा. कुन्जाङ शेर्पा: ४,६३२ डा. गुरुशरण साह: ४,०२९ डा. अजयसिंह थापा: १,६६७ सदस्य पदमा अहिले छविलाल पन्थी अग्रस्थानमा हुनुहुन्छ। उहाँले ४,४४८ मत (४१.१९%) प्राप्त गर्नुभएको छ।

यसबाहेकका उम्मेदवारहरूको मत परिणाम यस प्रकार छ: डा. सारिका गोइत: ४,१५८ मत (३८.५०%) डा. दिपेन्द्र पाण्डे: ३,६०५ मत (३३.३८%) डा. योविन कुमार यादव: ३,३७२ मत (३१.२२%) डा. अस्मिता पोखरेल: ३,०३५ मत (२८.१०%) डा. सम्राट पराजुली: ३,०२६ मत (२८.०२%) डा. रबिन बस्नेत: २,७८८ मत (२५.८१%) डा. कुम्भराज जोशी: २,७५५ मत (२५.५१%) डा. नीना राई: २,७५३ मत (२५.४९%) डा. घनश्याम पाण्डे: २,७३४ मत (२५.३१%) डा. सरोज कुमार साह: २,५४९ मत (२३.६०%) डा. सरोज कुमार गोहिवार: २,२८३ मत (२१.१४%) निर्वाचनको अन्तिम परिणामले उपाध्यक्ष र सदस्य पदमा को विजेता हुने निश्चित गर्नेछ। स्वास्थ्य क्षेत्रका विशेषज्ञहरूले यस निर्वाचनलाई चिकित्सक समुदायको नेतृत्वमा पारदर्शिता र सक्रिय सहभागिताको संकेतको रूपमा महत्व दिनु भएको छ।