काठमाडौं ।
लायन्स क्लब्स इन्टरनेशनलका पूर्व डिष्ट्रिक्ट गभर्नर लायन अनन्त प्रसाद भेटुवाल भारतको अहमदाबाद, गुजरातमा सम्पन्न ५३औँ ISAME Forum मा विशेष रूपमा सम्मानित भएका छन् ।
मानवीय सेवामा उनले पुर्याएको निस्वार्थ र बहुमूल्य योगदानको उच्च कदर गर्दै लायन्स अन्तर्राष्ट्रियका अन्तर्राष्ट्रिय अध्यक्ष लायन ए.पी. सिंहज्यूले उनलाई लायनवादमा विशेष सम्मान (Lionism Award) प्रदान गरेका हुन् ।
बधाई तथा शुभकामना सन्देश
यस गौरवान्वित अवसरमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ जी नेपालका तर्फबाट डिष्ट्रिक्ट गभर्नर लायन विधान जोशीले एक बधाई सन्देश जारी गर्दै खुसी व्यक्त गरेका छन् ।
सन्देशमा भनिएको छ: “लायन्स अन्तर्राष्ट्रियका मूल्य र आदर्शअनुसार मानवीय सेवामा निरन्तर समर्पण, दूरदर्शी नेतृत्व र समाजप्रतिको उल्लेखनीय योगदानको उच्च कदर गर्दै अन्तर्राष्ट्रिय अध्यक्षबाट सम्मानित हुनुभएकोमा लायन अनन्त प्रसाद भेटुवालज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दछौँ। उहाँको प्रेरणादायी सेवा र नेतृत्वले आगामी दिनमा पनि निरन्तरता पाओस् भन्ने कामना गर्दछौँ।”











प्रतिक्रिया