गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्


काठमाडौँ
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सोमबार होटल उषार्टी, विराटनगरमा सम्पन्न भएको छ । सभा सञ्चालक समितिका अध्यक्ष उदय श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

कम्पनीले आ.व. २०८१÷८२ को वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरी अनुमोदनका लागि पेश गरेको थियो । प्रमुख कार्यकारी अधिकृत विजय भण्डारीले कम्पनीको प्रगतिविवरण प्रस्तुत गर्दै, तेस्रो वर्षमा ४,०७,५८,५४२.०७ रुपियाँ खुद नाफा आर्जन गरेको र लघु जीवन बीमाको क्षेत्रमा अग्रणी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सभामा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश प्रमुख त्रिवेणी देव विशेष अतिथिको रूपमा उपस्थित रहनुभएको थियो । साधारण सभाबाट पारित सामान्य प्रस्तावहरूमा आ.व. २०८१÷८२ को सञ्चालक समितिको प्रतिवेदन पारित, लेखापरीक्षकको प्रतिवेदन सहित वित्तीय विवरण अनुमोदन, आ.व. २०८२÷८३ का लागि नेहा एण्ड एसोसिएट्सलाई बाह्य लेखापरीक्षक नियुक्त, सञ्चालक समितिमा रिक्त पदमा श्री नवराज सुक्का नियुक्त, लाभांश वितरण नगर्ने निर्णय र सामाजिक उत्तरदायित्वअन्तर्गत ग्रामीण क्षेत्रका विपन्न महिलाहरूको मातृ–शिशु स्याहार तथा सुत्केरी खर्च स्वीकृत गर्ने निर्णय समावेश रहे ।

विशेष प्रस्तावहरूमा चुक्तापूँजी रु. ७५ करोडको १००% हकप्रद शेयर जारी गर्ने, कम्पनीको अधिकृत पूँजी, जारी पूँजी र चुक्तापूँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन सम्बन्धी अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय सभाबाट पारित भएका छन्। कम्पनीले यस साधारण सभाबाट सबै प्रस्तावहरू पारित गरी आगामी आर्थिक वर्षका लागि रणनीति तथा योजना निर्धारण गरेको छ।