निर्वाचन आयोगमा ९ दलले बुझाए समानुपातिक बन्दसूची


काठमाडौँ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत अहिलेसम्म आयोगमा नौ राजनीतिक दलले समानुपातिक उमेदवारको बन्दसूची बुझाएका छन् ।

नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी माक्सवादी (पुष्पलाल), गतिशिल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, समावेशी समाजवादी पार्टी, समावेशी समाजवादी पार्टी नेपालले अहिले ५ बजेसम्म बन्दसूची बुझाएका आयोगले जनाएको छ ।

आज समानुपातिकतर्फको उमेदवारको बन्दसूची बुझाउने अन्तिम दिन हो।