पदत्याग घोषणाले कर्मचारीवृतमा हल्लीखल्ली

11.66k
Shares

-कर्मचारीको मिश्रीत प्रतिक्रिया
-सचिवालयको हस्तक्षेपले दिक्क कर्मचारी खुसी
-विकासप्रेमी मेयरले सुन्दर महानगरको परिकल्पना केही साकार भएको कर्मचारीको भनाई

काठमाडौं ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले २ हप्तापछि महानगरको जिम्मेवारी छोड्ने हल्ला चलेपछि आइतरबार दिनभर महानगरपाकिका भित्र र बाहिर चर्चा भएको छ । शनिबार दिनभर र रातभर वार्ता र सम्वादपछि रास्वपाका सभापति रबि लामिछाने र मेयर साहबीच ७ बँुदे सम्झौता भएको थियो ।

सम्झौता भएको केही घण्टामै राजनीतिमा होमिएका मेयर साहले मेयरको पद त्याग्ने हल्ला चल्यो । मेयर साहका स्वीकय सचिव भुपदेव शाहले मेयर साहले केहीदिन काम गरेपछि अबको दुईहप्तामा पदत्याग गर्ने बताए । मेयर साहको कार्यकाल अझै १६ महिना बाकी छ । चुनाव जितेर प्रधानमन्त्री हुने सपना देखेका मेयर साहले अबको राजनीति कसरी अघि बढाउलान भन्ने विषयको चासो बढेको छ ।

सम्झौता लगत्तै मेयर साहले आफ्नो रणनीति तयार गर्न शुरु गर्नुभएको छ । आइतबार बिहान करिब ११ बजेदेखि मुख्यालयमा प्रवेश गर्नुभएका मेयर साह दिनभर सचिवालयका सदस्यसंग अबको रणनीतिबारे छलफल गर्नुभएको थियो । छलफल लगत्तै कामपाको वागडोर छाड्ने हल्लाले काठमाडौं महानगर तातेको छ ।

सबै हरेक विभाग, महाशाखा र शाखामा मेयर साहले पद त्याग गर्ने चर्चा चलेको थियो । केही कर्मचारीले मेयर साबले २ हप्तापछि पद छाड्ने हल्लाले हामीलाई दुःख लागेको बताएका थिए भने केहीले सचिवालयको दवावबाट छुटकारा पाउने धारणा राखेका थिए ।

केही कर्मचारीको तर्क भने फरक छ– मेयर साब त ठिकै हुनुहुन्थ्यो अब सचिवालयको प्रेसर कम हुने भएको छ भने । सचिवालयको भनेपनि शहरी योजना आयोगका विज्ञ र सहायक विज्ञको जिम्मा लिएका व्यक्तिको हस्तक्षेपले दिक्क भएका कर्मचारीको चेहरामा भने खुसी देखिएको छ । भन्छन–अब काम गर्न सहज होला । सचिवालयको दवावको कारण केही कर्मचारी दिक्क मात्र भएका थिएनन । निर्णय गर्न समेत हच्किएका थिए ।

मेयर सचिवालयको नाममा खटाइएका सहायकविज्ञले विभागीय प्रमुखलाई हरेक काममा दवाव दिने गरेका थिए । विशेषगरी शिक्षा, शहरी विकास, सार्बजनिक निर्माण, वातावरण व्यवस्थापन विभाग लगायतका निकायमा जबरजस्ती हस्तक्षेप गरेका थिए । उच्चअदालत पाटनको आदेशको बर्खिलाफमा फोहोर ठेक्का खुलाइएको थियो । हरेक टेन्डरमा मेयर सचिवालयको नाममा खरिद ईकाइले हस्तक्षेप गर्ने गरेको थियो ।

‘मेयर साबको सोच अत्यन्तै राम्रो थियो । उहाँको भिजन अनुसार व्यवस्थित रुपमा काम हुन पाएको भए कैयौ गुणा राम्रो काम हुने थिए । तर नआवश्यक दवाब र विभागीय प्रमुखको प्रभावको कारण केही समय अस्तब्यस्त भएको थियो’–स्रोतले भन्यो ।
बालेन्द्र साहले मेयरको वागडोर सम्हालेपछि दर्जनौ सुधार भएका छन् । सफा काठमाडौको परिकल्पना साकार भएको छ ।

बाटो फराकिलो भएको छ । जताततै हरियाली देखिएको छ । फुटपाथमा ब्यापक सुधार आएको छ । हरेक बाटोमा स्ट्रिट लाइट जडान भएको छ । दर्जन बढी ठुला सडकमा हाइमास्ड लाईट जडान भएको छ । सार्बजनिक जग्गा संरक्षण भएका छन् । सुकुम्बासी बस्ती बाहेकका खोला किनाराको अतिक्रमित बस्ती खाली भएका छन् । अझै कैयौ सुधार हुनेथिए । गोप्यरुपमा विज्ञ र सहायक विज्ञले विभागको काममा हस्तक्षेप गरेको कारण विवाद देखिएको छ ।

मेयर सचिवालयको निरन्तर हस्तक्षेपपछि प्रमुख प्रशासकीय अधिकृत सरोज गुँरागाईले अधिकांस अधिकार विभागीय प्रमुखलाई प्रत्योजन गर्नुभएको थियो । सायद उहाले पदत्याग गरेपछि कस्तो अवस्था आउनेछ भन्ने परिणाम आउन बाँकी छ । मेयर साहले भन्दापछि हरेक विभाग जिम्मा पाएका विज्ञ र सहायक विज्ञले विभागीय प्रमुखलाई दिएको दवाब थेगिनसक्नु थियो ।

अधिकांस विभागीय प्रमुखले भन्ने गरेका थिए–कतिदिन दबावमा काम गर्ने बरु सरुवा हुन पाएपनि हुन्थ्यो । कतिपयले नजिकको स्थानीय तहमा सरुवा हुन सहमति पत्रको खोजीमा थिए । मेयर साह भने फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाकोतर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने पक्का भएपछि उनले जिम्मेवारी छोड्ने तयारी गरेका हुन् ।

आइतबार बिहान मेयर बालेन र रास्वपा सभापति रवि लामिछाने बिच बालेन रास्वपाबाट चुनाव लड्ने र प्रधानमन्त्री हुने सहमति भएको थियो । सहमति अनुसार प्रधानमन्त्री हुन उनले माघ ६ गते भित्र महानगरको प्रमुखको पदबाट राजीनामा दिनुपर्ने कानुनी बाध्यता छ । स्रोतका अनुसार माघ पहिलोसाताबाट निर्वाचन आचार संहिता जारी हुनेछ ।

त्यसअघि महानगरले गर्नुपर्ने दर्जनौ काम बाँकी छ । केही महत्वपुर्ण कामको किनारा लगाउन मेयर साहले केहीदिन महानगरमै बस्न लाग्नुभएको हो । आचार संहिता लागेपछि टेन्डरको सुचना निकाल्न पाईदैन । कर्मचारी सरुवाबढुवा गर्न पाइदैन । ठेक्का लागेका काम बाहेक सबै काम गर्न बर्जित हुनेछ । त्यसअघिनै केही महत्वपुर्ण काम शुरु गर्न करिब दुईहप्ता काम गर्न लाग्नुभएको हो–स्रोतले नेपाल समाचारपत्रसंग भन्यो ।