काठमाडौं ।
जेन–जी अगुवा तथा ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङले भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगलाई बयान दिँदै ‘सत्य कहिल्यै नडराउने’ स्पष्ट पार्नुभएको छ । गुरुङले हालसम्मका सबै आर्थिक कारोबारका कागजातसहित आइतबार आयोगलाई बयान दिएको स्पष्ट पार्नुभएको छ ।
‘हामी नेपालसँग आवद्ध भएका आर्थिक कारोबारसम्बन्धी हालसम्मका सम्पूर्ण कागजात ढड्डासहित छानबिन आयोगमा उपस्थित भएको छु’ – उहाँले फेसबुकमा लेख्नुभएको छ ।
आफूमाथि लगाइएका आरोपको सत्यतथ्य प्रमाणसहित स्पष्ट पार्ने प्रक्रियामा आफू स्वयं अघि बढेको उल्लेख गर्दै गुरुङले भन्नुभएको छ – ‘हामीमाथि लगाइएको आरोपको सत्यतथ्य प्रमाणसहित स्पष्ट पार्ने प्रक्रियामा स्वयं अगाडि बढेको छु ।’
छानबिनबाट सत्य उजागर हुनेमा विश्वास व्यक्त गर्दै उहाँले लेख्नुभएको छ – ‘सत्य कहिल्यै डराउँदैन, आरोप होइन, प्रमाण बोल्नुपर्छ र आज मैले प्रमाण प्रस्तुत गरेको छु ।’











प्रतिक्रिया