काठमाडौँ।
नेपाल मेडिकल काउन्सिलको निर्वाचन अन्तर्गत जारी मतगणनामा पछिल्लो अपडेट सार्वजनिक भएको छ।
काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवका अनुसार अहिलेसम्म १२०० मतको गणना सम्पन्न भएको छ। सार्वजनिक नतिजा अनुसार उपाध्यक्ष पदमा डा. गुरुशरण साह ६३८ मतसहित अग्रस्थानमा छन्। उनलाई डा. कुञ्जाङ शेर्पाले ३७६ मतका साथ पछ्याइरहेका छन्।
आठ सदस्य पदतर्फ हेर्दा डा. सारिका गोइत ६१६ मतका साथ हालसम्म सबैभन्दा अगाडि रहेकी छन्। दोस्रो स्थानमा डा. युविनकुमार यादव ५५१ मतका साथ उभिएका छन्।
तेस्रोमा डा. छविलाल पन्थी ४८७ मतका साथ रहेका छन् भने चौथो स्थानमा डा. सरोजकुमार साह ३८७ मतसहित छन्। पाँचौँ स्थानमा डा. दीपेन्द्र पाण्डे ३८२ मतका साथ पुगेका छन्।
यस्तै, डा. उज्वल ठाकुर ३६२ मतसहित छैटौँ स्थानमा छन्। सातौँमा डा. सम्राट पराजुली ३३३ मतसहित र आठौँ स्थानमा डा. रविन बस्नेत ३३१ मतका साथ रहेका छन्।
यसैगरी, डा. घनश्याम पाण्डे ३२२ मतसहित नवौँ, डा. अस्मिता पोखरेल ३०८ मतसहित दशौँ, डा. सरोजकुमार गोहियार २९४ मतसहित एघारौँ स्थानमा छन् भने डा. कुम्भराज जोशीले २७३ मत प्राप्त गरेका छन्।
मतगणना अझै जारी रहेको र बाँकी मतको परिणाम आउन बाँकी रहेको काउन्सिलले जनाएको छ।











प्रतिक्रिया