काठमाडौँ
नेपालको पुँजी बजारमा होटल तथा पर्यटन क्षेत्रबाट नगरकोट रिसोर्ट लिमिटेडले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ । रिसोर्टले नेपाल धितोपत्र बोर्डमा साधारण शेयर निष्काशनको लागि दिएको निवेदन नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा समावेश भएको छ ।
नगरकोट रिसोर्ट लिमिटेडले १५ करोड रुपैयाँबराबरको साधारण शेयर निष्काशन गर्नेछ । जसअनुसार रिसोर्टले १०० रुपैयाँ अंकित दरका कुल १५ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुको लागि जारी गर्नेछ ।
रिसोर्टको साधारण शेयर निष्काशनको कार्य गर्न धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक श्री एनएमबि क्यापिटललाई नियुक्त गरेको छ भने कर्पोरेट एडभाइजरी सम्बन्धी कार्य ज्योति क्याटिपल लिमिटेडले गर्दै आइरहेको छ ।
नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा समावेश भएसँगै होटल तथा पर्यटन क्षेत्रमा लगानीकर्ताका लागि नयाँ लगानी अवसर थपिएको छ । पछिल्लो समय पर्यटन उद्योगमा सुधार देखिन थालेसँगै यस क्षेत्रका कम्पनीप्रति लगानीकर्ताको आकर्षण बढ्दो क्रममा रहेको छ ।
नगरकोट रिसोर्ट लिमिटेडको आईपीओ स्वीकृति तथा निष्कासनसम्बन्धी आगामी प्रक्रिया नेपाल धितोपत्र बोर्डको नियामक निर्णयअनुसार अगाडि बढ्नेछ ।











प्रतिक्रिया