बीओजेले ब्याजदर ०.७५% पुर्‍यायो, तीन दशकयताकै उच्च


काठमाडौँ।  

जापानको केन्द्रिय बैंक (बैंक अफ जापान–बीओजे) ले दुईदिने मौद्रिक नीति बैठकपछि आफ्नो बेन्चमार्क ब्याजदर २५ आधार बिन्दुले बढाएर ०.७५ प्रतिशत पुर्‍याएको छ। यो दर तीन दशकयताकै उच्च हो। जनवरीयता गरिएको यो पहिलो दर वृद्धि हो भने प्रधानमन्त्री सानाए ताकाइचीको प्रशासनअन्तर्गत पहिलो पटक गरिएको निर्णय पनि हो।

बीओजेले यो कदम मौद्रिक नीतिको सामान्यीकरणतर्फको पछिल्लो प्रयासका रूपमा लिएको जनाएको छ। यसअघि केन्द्रिय बैंकले सन् २०२४ मार्चमा नकारात्मक ब्याजदर नीति समाप्त गरेको थियो। साथै, सन् २०२४ जुलाई र जनवरीमा पनि नीति ब्याजदर बढाइएको थियो।