काबुल आसपास ५.७ म्याग्निच्युडको भूकम्प


काठमाडौं ।

अफगानिस्तानको राजधानी काबुल र आसपासका क्षेत्रमा भूकम्प गएको छ। जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेस (GFZ) का अनुसार उत्तरी अफगानिस्तानको हिन्दुकुश पर्वत क्षेत्रमा म्याग्निच्युड ५.७ को भूकम्प गएको हो।

भूकम्पको धक्का काबुलसहित आसपासका क्षेत्रमा महसुस गरिएको भए पनि अहिलेसम्म कुनै मानवीय क्षतिको खबर प्राप्त भएको छैन। सम्बन्धित निकायहरूले अवस्था निगरानी गरिरहेका छन्।