रवि लामिछाने आज रिहा हुने


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार रिहा हुने भएका छन्।

उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशअनुसार आवश्यक कागजी प्रक्रिया पूरा गर्न उनलाई आज रूपन्देही जिल्ला अदालतमा उपस्थित गराइँदैछ।

बिगो वापतको दुई करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत प्रमाणीकरण र सनाखत प्रक्रिया पूरा भएपछि उनलाई रिहा गरिनेछ। सबै प्रक्रिया आजै सम्पन्न हुने अदालतले जनाएको छ।