काठमाडौँ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । अन्य भूभागमा भने कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी हिमाली भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ । आज राति सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ।
त्यसैगरी शनिबार पनि सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेर बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।











प्रतिक्रिया