एपेक्स कलेजको वार्षिक दीक्षान्त समारोह २०२५ भव्य रूपमा सम्पन्न


ललितपुर।

एपेक्स कलेजले आफ्नो वार्षिक दीक्षान्त समारोह २०२५ ललितपुरस्थित द प्लाजामा भव्य तथा मर्यादित वातावरणमा सम्पन्न गरेको छ। समारोहमा विभिन्न शैक्षिक कार्यक्रमअन्तर्गत अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई औपचारिक रूपमा दीक्षित गरिएको थियो।

दीक्षान्त समारोहमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन–बैंकिङ तथा बीमा ( बीबीए- बीआइ), ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन–यात्रा तथा पर्यटन व्यवस्थापन (BBA–Travel & Tourism), ब्याचलर अफ कम्प्युटर इन्फोर्मेशन सिस्टम (BCIS) तथा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन (BBA) कार्यक्रमका स्नातक विद्यार्थीहरूको सहभागिता रहेको थियो।

समारोहमा शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्ने उद्देश्यसहित एपेक्स कलेजद्वारा प्रदान गरिँदै आएको इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति यस वर्ष पनि प्रदान गरिएको छ। उक्त छात्रवृत्ति एपेक्स कलेजअन्तर्गत BBA (बैंकिङ तथा बीमा) कार्यक्रमकी उत्कृष्ट विद्यार्थी स्वेता शाहलाई प्रदान गरिएको हो। शाहले अब एपेक्स कलेजमै एमबीए अध्ययनलाई निरन्तरता दिने जनाइएको छ।

त्यसैगरी विभिन्न कार्यक्रमतर्फका टपर विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको थियो। BBA कार्यक्रमकी टपर इशा कुमारी दास, BBA (यात्रा तथा पर्यटन व्यवस्थापन) कार्यक्रमकी टपर मिचेन तामाङ, BBA (बैंकिङ तथा बीमा) कार्यक्रमका टपर सुमित मानन्धर तथा BCIS कार्यक्रमकी टपर श्रुति अग्रवाललाई शैक्षिक उत्कृष्टताको कदरस्वरूप सम्मान गरिएको हो।

छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले इनोभेट नेपाल ग्रुपअन्तर्गतका संस्थामध्ये कुनै एकमा कार्यअनुभव प्राप्त गर्ने अवसरसमेत पाउने जनाइएको छ। यसले विद्यार्थीहरूको व्यावसायिक क्षमता र नेतृत्व विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

एपेक्स कलेजले दीक्षित सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूको आगामी शैक्षिक तथा व्यावसायिक यात्रामा सफलताको कामना गरेको छ।