काठमाडौँ।
काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। एमालेको ११ औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानमा उनले राजधानी विशेष क्लस्टरको ४० वर्षमुनिको युवा कोटाबाट भारी मतसहित जित हासिल गरेकी हुन्।
डंगोलले कुल १६६८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धीहरू निकै पछि परेका छन्। एक जना मात्र निर्वाचित हुने उक्त क्लस्टरमा सन्तोष खड्का र राजन थापा उनका निकटतम प्रतिस्पर्धी थिए।
मत परिणामअनुसार खड्काले ३३० मत ल्याए भने थापाले २२९ मतमा सीमित भए।
यो नतिजाले सुनिता डंगोल पार्टीभित्र लोकप्रिय र प्रभावशाली युवा नेतृका रूपमा स्थापित हुँदै गएको संकेत गरेको छ।











प्रतिक्रिया