महासचिवमा पराजित सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि हारे


काठमाडौँ।

नेकपा एमालेको महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् । एघारौँ महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानका क्रममा पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित भएका हुन् । उनी महासचिवमा शङ्कर पोखरेलसँग पराजित भएका थिए ।

यस्तै पदाधीकारीमा लडेका अन्य दुई जना पनि केन्द्रीय सदस्यमा पराजित भएका छन् । उपाध्यक्षमा लडेका गुरुप्रसाद बराल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् ।

यस्तै उपमहासचिव पदमा ओलीको प्यानलबाटै पराजित भएका विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् ।