विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि हारे


काठमाडौँ।

नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित भएका छन् । उपमहासचिव पदमा ओलीको प्यानलबाटै पराजित भएका रिमाल केन्द्रीय सदस्यमा पनि पराजित भएका हुन् । केन्द्रीय सदस्यमा उनले ६३० मात्रै प्राप्त गरेका छन् ।

उनले केन्द्रीय सदस्यको खुलातर्फ उम्मेदवारी दिएका थिए । खुलातर्फबाट १६७ जना उम्मेदवार रहेकामा ७२ जना छानिन्छन् ।

उनले उपमहासचिवमा १०९१ मत पाएका थिए ।