काठमाडौँ।
नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट उपाध्यक्षमा पाँच जना निर्वाचित भएका छन् । निर्वाचितमा पृथ्वीसुब्बा गुरुङले सर्वाधिक मत १७३७ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।
त्यस्तै, अन्य उपाध्यक्षहरुमा विष्णुप्रसाद पौडेल १६७५, रामबहादुर थापा १५१६, गोकर्णराज विष्ट १३६८ र रघुजी पन्त १२५८ मत ल्याएर निर्वाचित भए । पदाधिकारीमा गुरुङ सर्वाधिक मत ल्याएर म्यान अफ दि इलेक्सन भए ।
त्यस्तै, तीन उपमहासचिवमा लेखराज भट्ट १४५२, रघुवीर महासेठ १३६८ र योगेश भट्टराई १३४८ मत ल्याएर निर्वाचित भएका छन् ।











प्रतिक्रिया