एमाले महासचिवमा शंकर पोख्रेल विजयी


काठमाडौँ।

नेकपा एमालेको महासचिवमा शंकर पोख्रेल विजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम अनुसार पोख्रेल १२२८ मत पाएका छन्। सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन् । औपचारिक घोषणा हुन भने बाँकी छ ।

अध्यक्षमा केपी शर्मा ओली भारी मतले विजयी भइसकेका छन् ।