काठमाडौँ ।
नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत पदाधिकारी पदका लागि भएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। जम्मा २२२७ मत खसेकोमा सबै मतगणना सम्पन्न भई अन्तिम नतिजा सार्वजनिक गरिएको हो।
अध्यक्ष
• केपी शर्मा ओली : १६६३
• ईश्वर पोखरेल : ५६४
उपाध्यक्ष
• अरुण नेपाल : ४३९
• गुरु प्रसाद बराल : ११३७
• गोकर्ण राज विष्ट : १३६८
• टंक प्रसाद कार्की : ३५८
• पर्शुराम मेघि गुरुङ : ४६१
• पृथ्वी सुव्वा गुरुङ : १७३७
• भिम प्रसाद आचार्य : २६५
• रघुजी पन्त : १२५८
• रामबहादुर थापा ‘बादल’ : १५१६
• विन्दा पाण्डे : ९२१
• विष्णु प्रसाद पौडेल : १६७५
महासचिव
• शंकर पोखरेल : १२२८
• सुरेन्द्र प्रसाद पाण्डे : ९९९
उपमहासचिव
• आनन्द प्रसाद पोखरेल : ६३५
• योगेश भट्टराई : १३४८
• रघुवीर महासेठ : १३६८
• राजेन्द्र प्रसाद गौतम : २७०
• लेखराज भट्ट : १४५२
• विष्णु प्रसाद रिमाल : १०९१
• वैजनाथ चौधरी : ५१७
सचिव
• अग्नि प्रसाद खरेल : ५१६
• इन्द्रलाल साप्कोटा : ४०५
• कर्णबहादुर थापा : ८४७
• कृष्ण गोपाल श्रेष्ठ : ६२५
• खगराज अधिकारी : १३३१
• गोकुल प्रसाद बास्कोटा : १०३०
• छविलाल विश्वकर्मा : १५०६
• ठाकुर प्रसाद गैरे : ८८३
• पद्मा कुमारी अर्याल : १५३०
• पुर्सोत्तम पौडेल : ४६२
• पेम्बा लामा : ४९३
• भानुभक्त ढकाल : ११०८
• महेश बस्नेत : १५४४
• यमलाल कँडेल : ११८५
• रचना खड्का : ८७७
• राजन भट्टराई : ११८१
• लाल बाबु पण्डित : ४९६
• विनोद प्रसाद ढकाल : ६८४
• शेरधन राई : १५३०
• हिक्मत कुमार कार्की : १३३७
महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले पार्टीलाई आगामी राजनीतिक चुनौतीतर्फ कसरी अगाडि बढाउँछ भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ। पार्टीको केन्द्रीय कमिटी र अन्य संरचनाको औपचारिक घोषणा क्रमशः हुने जनाइएको छ।











प्रतिक्रिया