काठमाडौँ ।
नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले काठमाडौंमा जारी एघारौँ महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रूपमा पुनर्व्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
निर्वाचनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्षका उम्मेदवारसमेत रहनुभएका पोखरेलले पार्टीलाई विचार, संगठन र कार्यसम्पादन शैलीमा पुनर्व्यवस्थित गर्न आवश्यक रहेकाले आफूहरूले उम्मेदवारी दिएको बताउनुभयो।
उहाँले पार्टी सञ्चालन सामूहिक नेतृत्वअन्तर्गत विधि र पद्धतिमा हुनुपर्नेमा जोड दिनुभयो।











प्रतिक्रिया