एमालेभित्रको प्रतिस्पर्धा लोकतान्त्रिक अभ्यास हो : पोखरेल


काठमाडौँ । 

नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले निर्वाचनको परिणाम जस्तोसुकै आए पनि स्वीकार्य हुने स्पष्ट पार्नुभएको छ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले पार्टीभित्रको प्रतिस्पर्धा एमालेले आत्मसाथ गरेको लोकतान्त्रिक सिद्धान्त भएको बताउनुभयो।

पार्टीभित्र हुने प्रतिस्पर्धाले संगठनलाई थप मजबुत र लोकतान्त्रिक बनाउने भएकाले यसलाई अस्वभाविक रूपमा लिन नहुने उहाँको भनाइ छ।