देशभर मौसम मुख्यतया सफा, केही प्रदेशमा आंशिक बदली


काठमाडौँ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । आज बिहान देशभर मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी हिमाली भूभागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

शुक्रबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित हिमाली भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ ।