बुटवल ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले कांग्रेसको १५ औं महाधिवेशनमा ३ जना सभापतिका उम्मेदवार हुने दाबी गरेका छन् । बुधवार बुटवलमा नेपाल प्रेस युनियन निकट पत्रकारहरुसंग कुरा गदै सभापति पुनले महाधिवेशनमा ३ जना उम्मेदवार घोषित रुपमा सभापतिका उम्मेदवार हुने ठोकुवा गरे । उनले पूर्ण बहादुर खड्का गगन थापा र शेखर कोइरालाको नामै लिएर यी तीन जना उम्मेदवार हुने बताउँदै उनीहरुको बीचमा सहमति हुनै नसक्ने जिकिर समेत गरे ।
प्रदेश सभापति पुनले कांग्रेसको १५ औं महाधिबेशनको कार्यतालिका सार्वजनिक भैसकेको अबस्थामा एक आधा महिना तलमाथि हुन सक्छ तर महाधिवेशन कुनै पनि हालतमा नरोकिने खुलासा गरे । कदम कदाचित नियमित महाधिवेशन सम्बन्धमा पार्टीले बदमासी गर्न खोज्यो भने विशेषमहाधिबेशन बाध्यकारी हुने समेत बताए ।
पार्टी सभापति पुनले सुशिला कार्कीको नेतृत्व सरकारले प्रतिनिधी सभाको निर्वाचन गराउने गरी निर्वाचनका गतिविधी अगाडी बढाएको सवालमा र सो प्रतिनिधी सभाका लागि क्षेत्रवाट गरिएको सिफारिसलाई यही पुष ४ गते बस्ने प्रदेशपार्टीको बैठकले मापदण्ड अनुसार सिफारिस गर्ने समेत प्रतिवद्धता गरे ।
पार्टी सभापति पुनले लुम्बिनी प्रदेशमा नेकपाएमाले र नेपाली कांग्रेसको संयुक्त सरकार भएपनि सरकार सरकार जस्तो हुन नसकेको टीप्पणी गरे । उनले कांग्रेसका मन्त्रीले समेत प्रदेश पार्टीसंग सहकार्य र समन्वय हुन नसकेको गुनासो गरे । सभापति पुनले पटकपटक मुख्यमनत्रीलाई जनताको भावना अनुसार काम गर्न दवाद दिँदा पनि सरकारले जनपक्षीय काम गर्न नसकेकोले सरकार कमजोर साबित भएको दाबी गरे ।
भेटघाटकै क्रममा संचारकर्मीहरुको एक फरक जिज्ञासामा सभापति पुनले सरकार संचालनका लागि नेकपा एमालेसंग भन्दा माओवादीसंग सहज हुने धारणा राखे ।सभापति पुनले हरेक हिसावले माओवादी भन्दा एमालेको संगठन बढी र पार्टी प्रति प्रतिबद्ध रहने हुनाले एमालेसंग सहकार्य गर्दा बढी पेलानमा परिने प्रस्ट रहेको पनि बताए । उनले आगामी १५ औं महाधिवेशनमा पार्टीको जिम्मेवार पदमा आफ्नो उम्मेदवारी रहने पनि घोषणा गरे ।











प्रतिक्रिया