एमाले महाधिवेशन: मतदानकाे समय ३ घण्टा थपियो


काठमाडौँ।

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतदानको समय ३ घण्टा थप गरिएको छ। यसअघि आज साँझ ५ बजेसम्म निर्धारण गरिएको समय संशोधन गर्दै राति ८ बजेसम्म पुर्‍याइएको हो। बुधबार राति ८ बजेसम्म मतदानस्थलभित्र प्रवेश गरेका प्रतिनिधिले मतदान गर्न पाउने भएका छन्।

मतदान केन्द्र भृकुटीमण्डपमा ८० वटा विद्युतीय मेसिनमार्फत महाधिवेशन प्रतिनिधिले मतदान गर्ने क्रम जारी रहेकाे छ।