सुन–चाँदीको मूल्य फेरि बढ्यो


काठमाडौँ ।

सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको छ। मङ्गलबारको तुलनामा आज सुन प्रतितोला रु ७०० ले बढेर रु २ लाख ५९ हजार ७०० पुगेको छ। यस्तै चाँदी पनि प्रतितोला रु १७० ले बढेर रु ४ हजार ५५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

मङ्गलबार सुन प्रतितोला रु २ लाख ५९ हजार र चाँदी रु ३ हजार ८८५ मा कारोबार भएको थियो। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार ३३० र चाँदी ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।