काठमाडौँ।
नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझ ६ बजेदेखि मात्र मतदान हुने भएको छ । यसअघि दिउँसो ४ बजेदेखि सुरु हुने भनिए पनि प्राविधिक कारणले मतदानमा ढिला हुने भएको हो ।
एमाले महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेलका अनुसार बेलुका ६ बजेदेखि मतदान सुरु हुनेछ।
मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुनेछन्। मतदान सकिन ६ देखि ७ घण्टा लाग्ने अनुमान निर्वाचन आयोगको छ।
निर्वाचन कार्यक्रम भृकुटीमण्डपमा हुँदैछ।











प्रतिक्रिया