एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक


काठमाडौँ।

नेकपा एमालेको जारी ११औँ महाधिवेशन अन्तर्गत उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले मनोनयन दर्ता भएका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशित गरेको हो ।

आयोगका अनुसार महाधिवेशन अन्तर्गत आज मतदान प्रक्रिया सम्पन्न गरिनेछ । दिउँसो १२ बजेबाट मतदान सुरु गर्ने तयारी भए पनि प्राविधिक तयारी पूरा गर्न केही ढिलाइ हुन सक्ने जानकारी दिइएको छ ।

मतदानको संशोधित कार्यतालिका भने हालसम्म सार्वजनिक गरिएको छैन ।

नामावली हेर्न यहाँ क्लिक गर्नुहोस्