एमाले ११औँ महाधिवेशन: अध्यक्षमा ओली–पोखरेल प्रतिस्पर्धा


काठमाडौं ।

नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको उम्मेदवारी मनोनयनको अन्तिम नामावली सार्वजनिक गरिएको छ।

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको नामावलीअनुसार अध्यक्ष पदमा निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ।

यस्तै, ५ जना उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी परेको छ। महासचिव पदका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डेको मनोनयन दर्ता भएको छ।

३ उपमहासचिव पदका लागि ७ जनाको उम्मेदवारी परेको छ भने ९ सचिव पदका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ।