किरणले पुनर्निर्माणपछि हस्तान्तरण गरे प्रहरी कार्यालय


लोकप्रिय हास्यकलाकार किरण केसी (राता मकै) को अगुवाइमा पुनर्निर्माण गरिएको ललितपुरको सातदोबाटोस्थित प्रहरी वृत्तको नवनिर्मित भवन र सातदोबाटो प्रहरी परिसर ट्राफिक कार्यालय नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ।

आइतबार बिहान आयोजित हस्तान्तरण तथा सम्मान कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख ईश्वर कार्कीको आतिथ्यतामा अभिनेता केसीले पुनर्निर्माण समितिका सदस्यहरूको उपस्थितिमा भवन हस्तान्तरण गरेका हुन्। ‘१० वर्ष अगाडि २०७२ सालमा पनि मेरै अध्यक्षतामा सातदोबाटो प्रहरी बिट निर्माण गरेर हस्तान्तरण गरिएको थियो।

त्यो बेलाको सुविधासम्पन्न भवन पछि पनि बेला बेला थप आवश्यकताअनुसार निर्माण गर्दैै आएका थियौ“। तर पछिल्लो समयको जेनजी आन्दोलनमा भएको विध्वंसमा सो भवन पनि अछुतो रहन सकेन। कंंकाल जस्तो अवस्थामा पुगेको थियो। अहिले पुनर्निर्माण गरेर हस्तान्तरण गरका छौ“’ किरणले भने ‘आफ्नो अध्यक्षतामा निर्माण गरेर हस्तान्तरण गरेको भवनको यस्तो हालत देख्दा के कसो गर्ने चिन्ता लागेको थियो।

तर यहा“का बुद्धिजीवी, क्लब, संघ संस्था, उद्योगपति, स्कुल, हस्पिटल, कलेज, महिला संगठनलगायतको सर्वसहमतिमा मलाई पुन भवन निर्मँण समितिको अध्यक्षमा चयन गरियो। प्रहरी वृत्त र प्रहरी परिसर ट्राफिक कार्यालय हस्तान्तरण गर्दा झकिझकाउ भएको छोरी अन्माएको घरजस्तो र डेलिभरी भएको जस्तो रिलिफ महसुस भएको छ।’

स्थानीय समुदायको आर्थिक र भौतिक सहयोगमा किरणले ३ रोपनी क्षेत्रफलमा फैलिएको भवन पुनर्निर्माण गरेका हुन्। जसअन्र्तगत करिब एक करोड ६८ लाख बराबरको कम्प्य्ुटर, प्रिन्टर, मोटरसाइकल, निर्मँण सामग्रीजस्ता जिन्सी तथा नगद सहयोग संकलन भएको थियो। भवन हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कार्कीले सुरक्षा सबैभन्दा प्रमुख रहेको बताए। महजोडीले कलाकार केसीको सामाजिक कार्यको सरहना गर्दैै धन्यवाद व्यक्त गरे।